झापा । झापाको बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ निवासी ८ वर्षीया सोमिया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुद्धशान्ति ४ स्थित जोरलाबरको भित्री सडक खण्डमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको बसले बाटोमा हिँड्दै गरेकी तामाङलाई ठक्कर दिएको थियो ।
घाइते भएकी उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्कुल बस चालक इलाम जिल्ला रोङ गाउँपालिका ५ निवासी ५२ वर्षीय प्रेमकुमार राईलाई नियन्त्रणमा लिएको छ ।