बिर्तामोड । झापामा सवारी चेकजाँच गरिरहेका दुई जना प्रहरीलाई भारतीय कारले ठक्कर दिएको छ । कारको ठक्करबाट घाइते उनीहरु भएका छन् ।

 

सोमबार राति ८ः२५ बजे बिर्तामोड ६ स्थित बुट्टाबारीमा चेकजाँच गरिरहेका अस्थायी प्रहरी चौकी बुट्टाबारीका दुईजना प्रहरीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको डब्ल्यूबी ७४एए १७९४ नम्बरको भारतीय कारले ठक्कर दिएको हो ।

 

ठक्करबाट सहायक हवल्दार शिवनारायण महत्तो र प्रहरी जवान दिपेन्द्र गुरुमैता घाइते भएका छन् । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

 

दुर्घटनापछि कार चालक फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । अगाडि एउटा सवारीसाधनलाई चेकजाँच गरिरहेका बेला पछाडिबाट आएको सो कारले ठक्कर दिएको जनाइएको छ ।