झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिकाको झापा बजारबाट ती व्यक्ति पक्राउ परेका हुन् ।

 

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले काठमाडौँको चन्द्रगिरी नगरपालिका १५ बस्ने अच्युतकुमार मगरलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा मगरको साथबाट १७ ग्राम १२० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

 

३८ वर्षीय मगरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।