शनिश्चरे । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान लागेकी सञ्चारकर्मी पुष्पा जबेगुलाई अर्जुनधारा प्रेस क्लबले बिदाई गरेको छ ।

 

प्रेस क्लबकी कोषाध्यक्षसमेत रहेकी सञ्चारकर्मी जबेगुलाई सोमबार एक कार्यक्रमका बीच बिदाई गरिएको हो । उनले उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भन्दै कोषाध्यक्ष पदबाट राजिनामा दिएपछि प्रेस क्लबले स-सम्मान बिदाई गरेको हो ।

 

प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राईको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी जबेगुलाई उच्च शिक्षा प्राप्तका लागि शुभकामना दिदै बिदाई गरिएको थियो ।

 

प्रेस क्लबका अध्यक्ष राई, उपाध्यक्ष प्रेम आचार्य, क्लबका निवर्तमान अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतमलगायत सञ्चारकर्मीहरुले जवेगुलाई उच्च शिक्षा अध्ययनमा सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव नरेश खातीले गरेका थिए ।