दमक । झापाको गौरादह २ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
गौरादह नगरपालिका २ स्थित कृष्णे खोलामा पौडी खेल्न गएका गौरादह २ हाँसखोरा चोक निवासी १३ वर्षीय एन्जल ताजपुरियाको मृत्यु भएको हो । पौडी खेल्दा खेल्दै बेपत्ता भएका ताजपुरियालाई खोजी गर्ने क्रममा मृत भेटिएका थिए ।