फिदिम । पाँचथरको फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाँउपालिका ७ का ३८ वर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जनाकारी दिए ।
हिलिहाङ ७ का ट्रक चालक ४५ वर्षीय ज्ञानु थापा भनिने पारस मणि थापा र ३१ वर्षीय जीवन गदाईली दुर्घटनामा परी घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।