दमक । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत झापाको कमल ५ स्थित पाडाजुँगीमा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय नम्बर प्लेट भएको कारले विपरीत दिशातर्फ आइरहेको मे. ७ प ४६४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । सोही ठक्करबाट मोटरसाइकल चालक कमल ४ का ६७ वर्षीय डोरप्रसाद खनालको मृत्यु भएको हो ।
मंगलबार बेलुका ७ः१५ बजे भएको सो दुर्घटनाका घाइते खनाललाई उपचारका लागि दमकतर्फ लानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
कार चालक मोरङ बिराटनगर ७ बस्ने ३१ वर्षीय रुस्तम उप्रेती र दुवै सवारीसाधन ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।