दमक । झापाको दमक नगरपालिका १ मा श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सो ठाउँमा अस्थायी बसोबास गर्ने इलाम फाकफोकथुमका २२ वर्षीय दिनेश सुनुवार पक्राउ परेका हुन् ।

 

उनले गत बिहीबार राति ११ बजे मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती २१ वर्षीया सुनिता सुनुवारलाई निर्घात कुटपिट गरेका थिए । सुनितालाई दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

 

उनको त्यहाँ उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएलगत्तै प्रहरीले सुनुवारलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । पक्राउ परेका सुनुवारमाथि थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।