शनिश्चरे । गत साता स्कुटर दुर्घटनामा घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
गत कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६प १०१९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा ३ की ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरुलाई बिर्तासिटी हस्पिटल लगिएको थियो ।
घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १ः५० बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यसैगरी, गौरीगञ्ज ५ स्थित पेट्रोल पम्पनजिकै भित्री सडकमा हिजो बेलुका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको थियो।
बेलुका करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३प ६३६४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को२८प ३०८६ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा ६३६४ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ३ बस्ने ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको हो