झापा । अर्जुनधारा ९ का खड्ग सापकोटाले आफ्नो नीजि जमिनलाई सार्वजनिक बाटोको रुपमा जबरजस्ती प्रयोग गर्न खोजिएको भन्दै न्यायको माग गरेका छन् ।
सापकोटाले बुधबार पत्रकार सम्मेलन गर्दै मरुभुमिमा पसिना बगाएर जोडेको जमिन माथी खेलबाडको प्रयास भएको बताए । २०६३ सालमा सापकोटाले श्रीमति रमा सापकोटाको नाममा खरिद गरेको ३ कठ्ठा जमिन स्थानीय अमरबहादुर कार्कीले हडप्ने प्रयास गरेको आरोप लगाए ।
वैदेशिक रोजगारीमा गएको समयमा कार्कीले आफ्नो जमिनमा किर्ते नक्सा बनाएर बाटो निकालेको सापकोटाको दावी छ । पत्रकार सम्मेलनमा उनले कार्कीलाई हिड्न दिएको कोरेसोबारी बाटोमा परिणत गरिनु दुखद भएको सुनाए ।
केही समयअघि कार्कीले सोही बाटोमा अवरोध गर्दै आवतजातव रोकेका थिए । सापकोटाका अनुसार कार्कीले सोही बाटोलाई नीजि जमिन भएको भन्दै बाटो बन्द गरेका थिए । उनले भने, ‘त्यो बेला नीजि भएको जमिन अहिले कसरी सार्वजनिक भयो ?’
जग्गा बिवादले सुरक्षामा समेत समस्या भएको श्रीमति रमा सापकोटाले बताइन । उनले श्रीमान वैदेशिक रोजगारमा गएको समयमा कार्कीले आफुलाई झुक्याएर कागजमा ल्याप्चे लगाउन लगाएको सुनाइन । सापकोटाले कतैबाट न्याय नपाएपछि पत्रकार गुहारेको जानकारी दिइन् ।
अर्जुनधारा नगरपालिकामा उपमेयर, वडाध्यक्ष, गाँउका भद्रभलाद्मी समेत बसेर अम्बर बहादुर कार्कीको माग जायज नभएको र रमा सापकाटोको नाममा रहेको नम्बरी माटोमा बाटो खोज्नुलाई गलत भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कित्ता नंम्बर ३२९२ को जमिनमा बाटो नदेखिएको अर्जुनधारा नगरपालिकाले जिल्ला प्रशासन कार्यलय झापालाई पत्रचार गरेको छ । जग्गा धनी सापकोटाले झापा जिल्ला अदालतले उल्लेखित जग्गामा बाटो नदेखिएको भन्दै फैसलासमेत सुनाइकेको बताए । सजिलो खबरमा समाचार छ ।