झापा । बैंकिङ कसुर मुद्दामा बिर्तामोड वडा नम्बर १ बस्ने ५५ वर्षीया मिना तामाङ पक्राउ परेकी छन् । मुद्धा फैसलापछि फरार रहेकी दमक ५ घर भई हाल बिर्तामोड १ बस्ने तामाङ पक्राउ परेकी हुन् ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई आज झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ जरिवाना रकम दाखिला गर्न नसकेकोले अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

उच्च अदालत बिराटनगर,इलाम इजलासको गत जेठ १० गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई २ दिन कैद, २ लाख जरिवाना तथा पीडित राहत कोषमा ८ हजार जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो ।