झापा । करिब ८ महिनाअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ ।
३५ वर्षीय नेपालको आज बिहान १० बजे घरमै मृत्यु भएको हो । गत चैत महिनाको अन्तिममा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई उनी घाइते भएका थिए ।
उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि लामो समय राखिएको थियो । त्यसपछि घरमै लगिएको थियो । नेपालले बिर्तामोडको भद्रपुररोडमा हेल्मेट व्यवसाय संचालन गर्दै आएका थिए ।
मोटरसाइकल स्पेयर्स पार्ट्स व्यवसायी संघ बिर्तामोडका सदस्य समेत रहेका नेपालकाे उपचारमा २० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि पत्नी मिना निरौलाले विपिन बचाऔँ अभियान सञ्चालन गरेकी थिइन् ।