बिर्तामोड । किरातेश्वर सेत्छेने सेनिहाङ लिङदेन वंशावली संगठनको बिर्तामोडमा आइतबार भएको दोस्रो भेलाले अध्यक्षमा मेगेन्द्रराज लिङदेनलाई अध्यक्षमा चयन गरेको छ ।
भेलाले मेगेन्द्रराज लिङदेनको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरेको हो । जसको सहअध्यक्षमा केन्द्रबहादुर लिङदेन, चार उपाध्यक्षमा रामकुमार, हर्क, लक्ष्यबहादुर र सीता थापा लिङदेन रहेका छन् भने महासचिवमा खगेन्द्रबहादुर लिङदेन र कोषाध्यक्षमा राजेन्द्रप्रसाद लिङदेन रहेका छन् ।
संगठनको पाँच जना सचिवमा रविन, अम्बिका, भीमकुमार, सन्देश र सुस्मिता लिङदेन सर्वसम्मतरुपमा चयन भएका छन् । अन्य १२ जना संगठनको सदस्यमा रहेका छन् । संस्थाको प्रमुख संरक्षकमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ र गुरुआमा मोहिङगुम अङसीमामाङ सावा पवित्राहाङमा लिङदेन रहेका छन् ।
सोही भेलाले संस्थालाई कानुनीरुपमा दर्ता गर्ने निर्णय गरेको छ । यसैगरी, संगठनले प्रकाशन गरेको वंशावलीमा छुटमा परेका बन्धुवान्धवलाई समेट्ने, साइनो सम्बन्ध तल-माथि परेकालाई पुनः सच्याएर प्रकाश गर्ने निर्णय गरेको महासचिव खगेन्द्रबहादुर लिङदेनले बताए ।
संस्थाले मराणोपरान्त धर्मलाल लिङदेन, मेजर केशरसिंह लिङदेनलाई सम्मान गरेको थियो । संस्थाका सहअध्यक्ष विश्वदीप लिङदेनको अध्यक्षतामा भएको उक्त भेलाको उद्घाटन प्रदेश मन्त्री कमलप्रसाद जबेगुले गरेका थिए ।