बिर्तामोड । झापाको बिर्तामोडस्थित चारपाने चोकमा सवारी दुर्घटना भएको छ । चारपाने चोकमा भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते भएका २ जनालाई बिर्तासिटी अस्पताल र १ जनलाई विएण्डसी अस्पताल पठाइएको छ ।
दुर्घटनास्थलमा मे ५ प ७२४८ नम्बरको मोटरसाइकल टुक्रा-टुक्रा भएको अवस्थामा फेला परेको छ । घाइतेको अवस्था गम्भीर रहेको बुझिएको छ । घाइतेको विवरण आउन बाँकी छ ।