ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा करिब २४ लाख रुपियाँ बराबरको क्षति भएको छ।

 

फुङ्लिङ नगरपालिका ९ हाङ्देवाका स्थानीय प्रेमबहादुर लिम्बू र रामबहादुर लिम्बूको घर आगलागीबाट ध्वस्त हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार बिहान घरमा आगलागी भएको हो। सो आगलागीबाट २३ लाख ८० हजार ४०० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।

 

प्रनाउ लिम्बूका अनुसार ढुङ्गा, माटो र काठले बनेको खर (फुस) को छाना भएको लिम्बूद्वयको घर जलेर पूर्णरुपमा रुपमा नष्ट भएको हो।

 

आगलागीबाट नगद एक लाख ४५ हजारसहित सुनचाँदीका गरगहाना, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेर नष्ट भएको थियो। विद्युत सर्ट भएर घर आगलागी भएको बताइएको छ। गाेरखापत्रबाट