झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान यस पटक झापाली पत्रकार दिपिन राईलाई प्रदान गर्ने भएको छ ।
फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले ‘फोनिज युके पत्रकारिता सम्मान २०२३ बाट पत्रकार राईलाई सम्मान गर्ने भएको हो । ’ यसैगरी, संगीता चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२३’ प्रदान गर्ने प्रदान गरिने भएको छ ।
पुरस्कार छनोट समितिका प्रमुख सोनाम छिरिङ शेर्पाका अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशि २५/२५ हजार रुपैयाँ रहेको छ ।
पत्रकार दिपिन राई २०४९ मा दैनिक विवेचनादेखि अनवरत पत्रकारीतामा सक्रिय रही हाल यलम्बर टाइम्स साप्ताहिकका सम्पादक/प्रकाशक हुन् । उनले स्थानीयदेखि राष्ट्रिय पत्रपत्रिकामा समेत कलम चलाइसकेका छन् ।
यसैगरी, युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । यो समुदाय राज्यको हरेक सूचाङ्कमा कम सूचीमा परेको जाति हो । हाल उनी इच्छाकामना एफएम कुरिनटार चितवनमा कार्यरत छन् ।