बिर्तामोड । झापा अर्जुनधारा ९ स्थित कालिस्थान निवासी खेम बरालको दुर्घटनामा परी मृत्यु भएको छ । उनी मोटरसाइकल दुर्घटनामा परेका थिए ।

 

शनिबार ७ः२५ बजे अर्जुनधारा ९ स्थित चिया बगानको भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाने क्रममा दुर्घटना भएको थियो ।। प्र. १ ०१ ०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकोे प्रहरीले जनाएको छ ।

 

सोही दुर्घटनामा परी अर्जुनधारा ९ कालीस्थान बस्ने ५५ वर्षीय खेम बरालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । दुर्घटनामा परेका बरालको अनुहारमा चोट लागि घाईते भई शनिश्चरेस्थित शंकर अस्पतालमा सामान्य उपचार गरिएको थियो ।

 

थप उपचारका लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहँदा आज ३ः३० बजे मृत्यु भएको निमित्त प्रहरी प्रवक्ता ढुण्डीराज गिरीले जानकारी दिए । उनको शवलाई पोस्टमार्टमका लागि पठाइएको बताइएको छ ।