झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा बिर्तामोड ३ का दुईजना, अर्जुनधारा ८ बाट एकजना र मेचीनगर १५ का एकजना रहेका छन् । प्रहरीका अनुसार आज बिहान ९ः३० बजे बिर्तामोड ३ पञ्चकन्या टोलस्थित गणेश ढुंगानाको घरबाट भारत रोए सरानी चम्पाडाँगी पश्चिम बंगाल बस्ने वर्ष अन्दाजी २५ का सन्नी साह र बिर्तामोड बस्ने २२ वर्षीया की मनिसा राईलाई पक्राउ गरेको हो ।

 

उनीहरुलाई शंकास्पद अवस्थामा कोठाभित्र फेला पारी तलासी लिँदा सन्नी साहसंग बिभिन्न दरको नेपाली नोटहरु जम्मा रु १६हजार ३६५ , विभिन्न भारतीय रुपैयाँ ३ हजार ९६० र ७ ग्राम ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका ८ का ३९ वर्षीय सरोज गहतराजलाई १ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको छ ।

 

यस्तै, मेचीनगर १५ का २६ वर्षीय पर्वत राजवंशीलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित प्रहरी चौकी ज्यामिरगढीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।