झापा । झापाको अर्जुनधारा नगरपालिका ९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् ।

घरायसी विषयमा भएको विवादमा खुकुरी प्रहार भएपछि शनिवार दिउँसो पौने ४ बजेको समयमा ३१ वर्षीया बुहारी सपना दाहाल घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ ।

उनलाई ४८ बर्षीय ससुरा खड्गबहादुर दाहालले सामान्य विवादमा खुकुरी प्रहार गरेका हुन् । खुकरी प्रहारबाट गम्भीर घाईते भएकी बुहारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ । ससुरा दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।