बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा लागुऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले एकजना युवतीसहित २ जनालाई पक्राउ गरेको छ ।

 

अस्थायी प्रहरी पोष्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा रहेको एक होटलमा कोठा लिई बसेका स्थानीय २९ वर्षीय मनिष प्रधान (श्रेष्ठ) र फिदिम नगरपालिका १ पाँचथरकी २० वर्षीया खिङतानुङ तामाङलाई पक्राउ गरेको हो ।

 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उनीहरुलाई फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर र नगद २२ हजार ४०० रुपैँया बरामद भएको थियो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।