बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा आगलागी भएको छ ।

 

आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो । बिर्तामोड ३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजमा आगलागी हुँदा टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जलेर नष्ट भएको छ ।

 

आगलागीबाट अन्दाजी ९ लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । आगो बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे नियन्त्रणमा आएको थियो ।