अर्जुनधारा । झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका ११ बस्ने दुर्गा देवी श्रेष्ठको घर र सोही ठाउँको उमा श्रेष्ठको घरमा मङ्गलबार चोरी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

बिर्तामोड नगरपालिका ५ नयाँ नमुना टोल बस्ने गङ्गा काफ्ले पौडेलको घरमा जेठ २१ गते चोरी गर्ने गिरोहसमेत उनीहरू भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका ३ का २२ वर्षीय सुस्मन थापा, सोही ठाउँका २७ वर्षीय कृष्ण थापा रहेका छन् ।

 

यसैगरी, ४३ वर्षीय अर्जुन विश्वकर्मा, नितेश बराइली, मेचीनगर नगरपालिका १० का ४० वर्षीय सुरेशकुमार दास र अर्जुनधारा नगरपालिकाका ५१ वर्षीय सुनिल राजवंशी रहेको प्रहरीले जनाएको छ ।