तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ स्थित एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । स्थानीय २३ वर्षीय दिपक नेपालीले धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
हिजो (बिहीबार) दिउँसो सामन्य विवादका कारण आफ्नै ४६ वर्षीया आमा तिलमाया नेपालीलाई शरीरको विभिन्न भागमा धारिलो हतियार (खुकुरी)ले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिएको थियो । हत्यामा संलग्न छोरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।