इलाम । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाबाट गोलिया सहितको ट्रक पक्राउ परेको छ ।

मंगलबार प्रहरी चौकी किटेनीले सवारी चेकजाँच गर्ने क्रममा इलामबाट झापातर्फ जाँदै गरेको मे १ ख १८६५ नम्बरको ट्रक पक्राउ गरिएको हो।

गोलिया (काठ) सम्बन्धी कागजातहरू नभएकाले काठ, ट्रक र चालक पाँचथरको फिदिम नगरपालिका ८ बस्ने अमृत श्रेष्ठलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि रोङ सव डिभिजन वन कार्यालय इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।