झापा । झापाको कनकाई नगरपालिका ६ स्थित मन्सापुरमा रहेको महालक्ष्मी स-मिल (काठ मिल)बाट मोटर चोरी गर्ने चार जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीय निलेश बुढाथोकी, अन्दाजी २४ वर्षीय महेश तामाङ, वडा नं ७ बस्ने २२ वर्षीय विनोद टुडू र वडा नम्बर ६ बस्ने अन्दाजी २० वर्षीय पारस तामाङ रहेका छन् । उनीहरुले सो मोटर कनकाई ४ बस्ने ३९ वर्षीय ताराप्रसाद तिवारीलाई बेचेका थिए ।

 

अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसहित नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ ।