झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ५ का १९ वर्षीय निर्दोष डाँगी रहेका छन् ।

 

आज बिहान ११ बजेको समयमा मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका डाँगीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ४ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।