धनकुटा । साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार बजारबाट प्रहरीले सोमबार अपरान्ह सात क्वीन्टलभन्दा बढी परिमाणको गाँजा नियन्त्रणमा लिएको छ ।

 

धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन बजे नियन्त्रणमा लिएको हो । ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

 

ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका(१० का सुजन भनिने टंकबहादुर मगर र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । गत पाँच दिन अघि साउन २३ गते पनि धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँचको क्रममा सोही स्थानबाट प्रहरीले १३५ केजी गाँजा नियन्त्रणमा लिएको थियो ।