उर्लाबारी । मोरङको उर्लाबारी-९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडाकै प्रकाश थापाले शुक्रवार राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।
इन्द्रहाङको घाँटी, छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताउनुभयो । ‘झण्डै पाँचथर घटनाजस्तै घट्यो, गर्मीले भाई बाहिर सुतेकै ठाउँमा ज्यान मार्ने गरी खुकुरी प्रहार भएको छ’, दाजु सुरेन्द्र शेर्माले भन्नुभयो, ‘खुकुरी प्रहार गरी फरार थापालाई राति नै खोजि गरी गरी प्रहरीको जिम्मा लगाएका छौ ।’
अहिले इन्द्रहाङको उपचार झापाको विएण्डसी हस्पिटलमा भईरहेको छ भने थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
गाउँमा मरिमराउ भएको घरमा सोहि राती प्रकाश र इन्द्रहाङको सामान्य विवाद भएको थियो । त्यहि रिसमा प्रकाशले घरमै गएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । यद्यपि, प्रहरीको अनुसन्धान भईरहेको छ ।