काठमाडौँ । मेडिकल व्यवसायी तथा बिएन्डसी हस्पिटल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

 

प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छिन् ।

 

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो । ‘हामी अनुसन्धानकै क्रममा छौँ । अहिले यसबारे थप विवरण खुलाउन मिल्दैन’, डीआईजी अर्यालले भने ।

 

उनका अनुसार प्रसाईंलाई म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ । अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । इकान्तिपुरबाट