झापा । सर्पले डसेर झापा बाह्रदशी ५ घोडामाराकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ः३० बजे घोडामाराकी अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई सर्पले डसेको थियो ।
स्थानीय प्रकाश न्यौपानेकी श्रीमती कमलाको आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिनेपट्टिको खुट्टामा सर्पले डसेको थियो । तत्काल नाम नखुलेको विषालु सर्पले टोकी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।
यसैबीच, उपचार भइरहेको अवस्थामा राति ८ः५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।