झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा अर्जुनधारा ४ का एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय पुष्प तुम्वापो रहेका छन् ।
हिजो साँझ ६ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका तुम्वापोलाई पक्राउ गरेको हो ।
लुकाई छिपाई ल्याउँदैं गरेको प्लाष्टिकसहित ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर उनको साथबाट फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।