झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित इलामका सन्देश राई पक्राउ परेका छन् । इलाम ५ बस्ने २० वर्षीय राईको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

गएराति ११ः१०बजेको समयमा इलाम ८ स्थित गोलाखर्कमा झापादेखि इलामतर्फ जाँदै गरेको प्र १–००१ ज ३७६९ नम्बरको गाडीलाई चेकजाँच गर्दा राईको साथबाट ब्राउनसुगर फेला परेको हो ।

 

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।