झापा । कनकाई सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वार्चित भएका छन् । शुक्रबार झापाको सुरुङ्गामा भएको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

 

नवनिर्वाचित समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक न्यौपाने, केशव चापागाई, सुस्मा कुमाल र सूर्यप्रकाश अधिकारी चयन भएका छन् ।

 

नयाँ नेतृत्व चयन गर्न सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेती निर्वाचन अधिकृत, तीर्थराज खरेल, रेजिना रोदन सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। सोही कार्यक्रमका बीच नेपाल पत्रकार महासंघमा निर्वाचित अध्यक्ष एकराज गिरीसहित पदाधिकारी तथा सदस्यलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले नवनिर्वाचित पदाधिकारीलाई शुभकामनासहित मर्यादित पत्रकारिता गर्न आग्रह गरेका छन् । कार्यक्रममा शेरबहादुर थापा, युवराज चम्लागाई, सूर्यप्रकाश उप्रेतीलगायतले शुभकामना दिएका थिए ।

 

संस्थाका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सावित्रा दाहाल भट्टराईले स्वागत तथा औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा सञ्चारकर्मी अमृत योङहाङलाई सम्मान गरिएको थियो ।