राँके- भेडेटार सकड खण्ड अन्तर्गत पाँचथरको मिक्लाजुङ–७ लेखगाँउमा निर्माण कम्पनीको स्काभेटरमा आगजनी भएको छ ।
बा. ३ क ५६६ नम्बर ज्वाला निर्माण सेवाको स्काभेटरमा रातिको समयमा आगजनी भएको हो । घटना थाहा पाएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
उनका अनुसार आगो लगाएको जस्तो देखिएको छ । स्थानीयका अनुसार टाईम बम छ भन्ने हातले लेखिएको केही पर्चा घटनास्थल वरिपरी देखिएको छ । जंगल छेउमा राखिएको स्काभेटरमा रातिको समयमा आगजनी गरिएको हो ।