बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित पाँच पोखरी सामुदायिक वनभित्र आज दिउँसो १ बजे जंगली हात्ती मृत फेला परेको छ ।
लामो समयदेखि बिरामी अवस्थामा रहेको जंगली भाले हात्ती मरेको अवस्थामा स्थानीयले अस्थायी प्रहरी चौकी मंगलबारेमा खबर गरेपछि प्रहरी परिचालन भएको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्षण केद्रबाट पशु स्वास्थ्य टोली र डिभिजन वन कार्यालय भद्रपुर झापाको टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको थियो । प्राविधिक टोलीले मृत हात्तीको पोष्टमार्टम गरेपछि सोही स्थानमा खाल्डा खनेर गाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।