झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

 

आज दिउँसो अन्दाजी १२ः३० बजे पहाडे मुलको जस्तो देखिने अन्दाजी ४० देखि ४५ वर्षका पुरुष टिमाई खोलामा घोप्टो परी मृत फेला परेको देखेसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

स्थानीयको भनाइअनुसार मृतक ४-५ दिन अगाडिदेखि धुलाबारी बजारमा मागेर खाँदै हिड्ने गरेका थिए । इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का गरी शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।