झापा । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।

 

हिजो साँझ ७ः५५ बजे कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र. १-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएको बताइएको छ । उनी घर विदा पूरा गरी व्यारेकतर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन् ।

 

दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

 

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।