झापा । भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगर लिएर फर्किदै गरेका दुई जना युवायुवतीलाई झापा प्रहरीले भद्रपुरमा पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा काठमाण्डौ २६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो १ः३० बजे प्रहरी टोलीले भद्रपुर ५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा. प्रदेश ०१-०३० च ७७९३ नम्बर भएकाे नेटा कम्पनीको कारलाई रोकी चेकजाँच गरेको थियो ।

 

त्यसक्रममा चालक कुँवरले कालो प्लाष्टिकमा प्याक गरि आफू बस्ने सिटमा राखेर ल्याइरहेको अवस्थामा प्लाष्टिकबाहेक ४७ ग्राम ६९० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर फेला परेको थियो ।

 

उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् ।