विराटनगर । पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलकी ४९ वर्षीया लामा थरकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज बिहान ६ बजे नोवेल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा ल्याएर हिजो चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई विराटनगर लगिएको थियो ।