शनिश्चरे । झापाको अर्जुनधाराबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र इलामका छन् ।

 

हिजो बिहीबार ४ः३०बजे अर्जुनधारा ६ स्थित पुष्पलाल चौक बस्ने अन्दाजी ५९ वर्षीया अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजा बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी खटिएको थियो ।

 

प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम गाँजा फेला परेको थियो । यसैगरी, सोही स्थानमा ईलाम नगरपालिका १२ स्याङरुम्बा घर भइ झापा अर्जुनधारा १ स्थित निर्माणाधीन रहेको झोलुङ्गे पुलमा काम गर्ने अन्दाजी २० वर्षीय रोशन भट्टराई पनि पक्राउ परेका थिए ।

 

उनको साथबाट प्रहरीले ६ ग्राम ६३० मिलीग्राम गाँजा बरामद गरेको थियो । १ केजी ८८८ ग्राम ६३० मिलीग्राम लागूऔषध गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।