झापा । झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने बालकसहित दुईजना गम्भीर घाइते भएका छन् ।

 

आज दिउँसो ३ः४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालकको मृत्यु भएको हो ।

 

तत्काल नाम थर वतन नखुलेका स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा दिउँसो ४ः४० बजे उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकहरुको शव सोही अस्पतालमा रहेको छ ।

 

मृत्यु हुनेमा स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् । स्कुटरमा सवार उनकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र नाति ३ वर्षीय आयुष राजवंशी घाइते भएकाले बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चालकको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।