झापा । झापामा फेरि १०१ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन् । हिजोमात्र गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ परेका थिए ।

 

आज दिउँसो ३ बजे झापा गाउँपालिका १ सुडुखुट्टुमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक किरण मोक्तानको कमाण्डमा खटिएको गस्ती टोलीले भारत बिहार किसनगञ्ज सिंगीमारी ५ बस्ने ६० वर्षीय गबरी साहलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको ट्रयाकसुटको बायाँ साइडको गोजीमा प्लाष्टिकसहित १०१ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।

 

साइकलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।