मेचीनगर । झापाको मेचीनगरबाट लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा न्यौपानेको घरमा गाँजा लुकाएर राखेको थाहा पाएपछि प्रहरी चौकी नकबन्दाको प्रहरी टोलीले खानतलासी गर्दा घरको बाथरुममा बोराभित्र गाँजा फेला परेको थियो ।

 

प्रहरीका अनुसार सो गाँजाको तौल १ केजी ५२८ ग्राम रहेको छ । न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।