झापा । प्रहरीले झापाको मेचीनगरमा डग स्न्यापिङ (तालिमप्राप्त कुकुरको सहायत) गरी लागूऔषधमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ प्रहरीले मेचीनगरको ९ र १० का सम्भावित ठाउँमा डग स्न्यापिङ गरेको थियो ।

 

कोशी प्रदेश प्रहरी कार्यालय के नाईन शाखा, धरानबाट खटिएको डग स्न्यापिङ टोलीले डग स्न्यापिङ गर्दा ट्रमाडोल ६८ क्याप्सुलसहित मेचीनगर ९ झोडा बस्ने २४ वर्षीय रोशन डाँगी, लागूऔषध सेवनकर्ता २२ वर्षीय अर्जुन दर्जी र लिलाबस्ती बस्ने २८ वर्षीय रविन राजवंशी प्लाष्टिकबाहेक १ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

 

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपराध रोकथाम,लागूऔषध नियन्त्रण, पहिचान तथा न्यूनीकरणका लागि २ वटा शिकारी कुकुरबाट डग स्न्यापिङ गरिएको थियो ।

 

प्रहरीले मेचीनगर ९ झोडा ,लिलाबस्ती, खुट्टिडाँगी ,मेचीनगर १० पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ती एरियामा डग स्न्यापिङ गरेको थियो ।