झापा । हिजो साँझ मेचीनगर १२ सहरेडाँगीस्थित मेची राजमार्गमा स्कोरपियोको ठक्करबाट मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

 

मृतक झापा शिवसताक्षी नगरपालिका ५ बस्ने ५९ वर्षीय महेश भन्ने महेश्वर दाहाल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ ७ः३० बजे इलामबाट चारआलीतर्फ आउँदै मे. १ च ६१३१ नम्बरको स्कोरपियोले पैदलयात्री दाहाललाई ठक्कर दिएर भागेको थियो ।

 

सो स्कोरपियो र त्यसका चालक झापा हल्दिबारी –१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले पछि नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।