झापा । सिँचाइका लागि मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर झापा कचनकवलका एकजनाको मृत्यु भएको छ ।

 

गएराति कचनकवल वडा नं ७ सितागढी टोल बस्ने ५० वर्षीय अरूण राजवंशीको घरनजिकै रहेको मोटरमा तार जोडने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

 

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए ।

 

राजवंशी खेतमा पानी लगाउनका लागि नाङ्गो खुट्टा, हातमा टेप बोकी मोटर चालु गर्न गएका थिए । मोटरको एउटा तार चुँडिएकोले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने स्थानीयको बुझाई रहेको छ ।