इलाम । चियाको राजधानी घोषित इलामको सूर्योदय नगरपालिकाको कन्याममा नेपालमा नै पहिलो पटक चिया परिक्षण केन्द्र ‘टि टेस्टिङ सेन्टर’ स्थापना हुने भएको छ ।

प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा परिक्षण केन्द्र बन्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ छ्ट्याएको छ । त्यसमा नगरपालिकाले साझेदारी गर्ने आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।

‘चिया परिक्षण केन्द्र बनाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ’, उनले भने,’प्रदेश सरकारसंग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौ ।’

दुई वर्षमा निर्माण सकिने चिया परिक्षण केन्द्रको लागत २६ करोड रुपैयाँ छ । प्रदेश सरकारको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत साझेदारीमा परिक्षण केन्द्र निर्माण गरिने भएको हो । परिक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । परिक्षण केन्द्रको बिस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टमेट तयार भइसकेको निर्धारित मितिभित्र निर्माण सकिने नगर प्रमख राई बताउँछन् ।

चिया परिक्षण केन्द्रमा अग्र्यानिक परिक्षको लागि ल्याबको पनि सुविधा हुने नगरप्रमुख राईले बताए । ‘परिक्षण केन्द्रमा हुने अग्र्यानिक ल्याबले उत्पादनलाई अग्र्यानिक प्रमाणीत गर्ने सुुविधा सहुँदैन’, प्रमुख राईले थपे, ‘अग्र्यानिक प्रमाणीकरणको प्रक्रियामा गएका उद्योगको नमुना परिक्षण गरेर त्यसको रिपोर्ट प्रमाणीकरण गर्ने संस्थालाई पठाइदिने ब्यवस्था हुन्छ ।’

चियाको अग्र्यानिक प्रमाणीकरण गराउन ब्यवसायीले लाखै रुपैयाँ खर्चिने गरेका छन् । अग्र्यानिक प्रमाणीत गर्नको लागि लामो समय लाग्ने भएकाले ब्यवसायीहरुले पटक पटक चियाको नमुना विदेशी ल्याबहरुमा पठाउनुपर्छ ।

सुनापा-७ कन्याममा निर्माण हुने परिक्षण केन्द्रमा फरक फरक उद्योगले उत्पादन गरेको तयारी चियाको नमुना राख्नेछन् । त्यहाँ राखिएको नमुना क्रेताहरुले टेस्ट गर्ने ब्यवस्था मिलाइएको छ । नमुना मध्ये कुन उत्पादन क्रेताले मन मनपराउँछन् त्यही चिया खरिद गर्ने ब्यवस्था मिलाइने छ । केन्द्रमा चिया भण्डारणको पनि सुविधा पाउनेछन् भने चिया सम्बन्धि अन्य सूचना पनि दिइने छ ।

अहिले तेस्रो देशका करिदकर्ताहरु सीमित केही उद्योगमा पुगेर चिया खरिद गर्ने गरेका थिए । केन्द्र स्थापना भएपछि सवै उद्योगलाई फाइदा हुनसक्ने चिया ब्यवसायी ज्योती अधिकारीले बताए ।

‘केन्द्र बनाएपछि विदेशी खरिदकर्ता पनि बोलाउन सक्नुुपर्छ’, अधिकारीले भने, ‘ब्यक्तिगत सम्बन्धमा आएका ब्यपारिलाई पनि केन्द्रसम्म पु¥याउन सकियो भने अन्य उद्योगको पनि चिया विक्ने सम्भावना हुन्छ ।’ अर्का चिया ब्यवसायि सोमन योल्मोले बहुउपयोगी चिया प्रशोधन केन्द्रले चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताए ।