बिर्तामोड । झापाको कनकाईमा ठुलो मात्रामा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका १० बस्ने २६ वर्षीय विनोद बिक र झापा गाउँपालिका ३ बस्ने २४ वर्षीया प्रेमकला महतो रहेका छन् ।
आज बिहान ६ बजे कनकाई नगरपालिका ३ सुरुङ्गाको टेम्पु स्ट्यान्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई ३ पोका ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्लास्टिकमा ३०० ग्राम ब्राउनसुगर रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।