झापा । जेनजीको प्रदर्शनका क्रममा झापामा प्रहरीसँगको झडपमा १४ जना घाइते भएका छन् । त्यसमध्ये ७ जनालाई गोली लागेको छ ।

 

घाइतेहरुको बिर्तामोडको बीएण्डसी, विराटनगरको नोवेल, लाइफ लाइन अस्पताल दमक, मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

 

घाइते हुनेहरुमा कमलका ३० वर्षीय प्रकाश भट्टराई, दमकका २० वर्षीय भुपेन्द्र खडका, गौरीगञ्जका २० वर्षीय सागर हेमरम, दमक १ का १८ वर्षीय अभिषेक चेम्जोङ, मोरङ उर्लाबारीका १९ वर्षीय प्रयुस चौहान, शिवसताक्षीका १८ वर्षीय युनिस दाहाल, इलाम चुलाचुलीका २४ वर्षीय साइन राई रहेका छन् ।

 

यसैगरी, कमलका १९ वर्षीय अविनाश राई, दमकका १७ वर्षीय औसन रिमाल, १८ वर्षीय रोयल रिजाल, बिर्तामोडका ३३ वर्षीय प्रदिप खरेल, १६ वर्षीय संदेश गिरी, भारत दार्जिलिङ घर भई हाल बिर्तामोडमा डेरा बस्ने २० वर्षीय अनिकेट शर्मा चौलागाईंँ, कमलका १७ वर्षीय लावाहाङ राई रहेका छन् ।

 

घाइतेहरुको बिर्तामोड, दमक, विराटनगरलगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।