खुदुनबारी । झापा अर्जुनधाराको जुकेखाडीमा एक जना युवाको हत्या भएको छ । मृत्यु हुनेमा स्थानीय युवा छन् ।

 

गएराति करिब १२ बजे दुर्गापुर-दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा विभत्स हत्या गरिएको अवस्थामा स्थानीय विजय लिम्बूको शव फेला परेको हो ।

 

स्थानीयका अनुसार अर्जुनधारा ३ जुकेखाडी निवासी कोशी भनेर चिनिने विजय लिम्बूको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको बताइएको छ । मृतकको शव बाटोमै रहेको छ ।